दोस्रो डोज कोरोना खोप लगाएपछि भारतका पूर्वप्रम सिंहलाई संक्रमण

एजेन्सी । कोरोना विरुद्ध दोस्रो डोज खोप लगाएलगत्तै भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह संक्रमित भएको थाहा लागेको छ ।

उनलाई उपचार निम्ति यतिखेर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को अस्पतालमा भर्ना गरिएको छ ।

पूर्व प्रधानमन्त्री सिंहलाई ३ मार्चमा स्वदेशी कोभ्याक्सिनको पहिलो खोप र र ४ अप्रिलमा बुस्टर डोज दिइएको थियो । ८८ वर्षीय सिंहलाई खोप लगाएको दुई सातापछि नै कोरोना संक्रमण भएको हो ।

सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आइतबार कोरोनासँग सुरक्षित रहन पाँच सल्लाह दिएका थिए। प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस सांसद राहुल गान्धीले सिंहको स्वास्थ्यलाभ कामना गरेका छन् ‌। राहुलले सोशल मिडियामा लेखेका छन्‌, ‘यो कठिन समयमा देशलाई तपाईंको मार्गनिर्देशन र सल्लाह खाँचो छ।

दोस्रो डोज कोरोना खोप लगाएपछि भारतका पूर्वप्रम सिंहलाई संक्रमण

दोस्रो चरणको कोरोना : नेपालगन्जमा एक सातासम्म

दोस्रो डोज कोरोना खोप लगाएपछि भारतका पूर्वप्रम सिंहलाई संक्रमण

नासाले मंगल ग्रहमा हेलिकोप्टर उडायो

Leave a comment

Your email address will not be published. Required fields are marked *