सर्वोच्चका सबै न्यायाधीश इजलास फर्किए

काठमाडौं : सर्वोच्च अदालतका सबै न्यायाधीश नियमित इजलासमा फर्किएका छन्।

बिहीबार बसेको फुल कोर्ट बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्देशिका पारित गरेसँगै न्यायाधीशहरु काममा फर्किएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि तोकेका प्रायस् सबै इजलासमा मुद्दाको सुनुवाइ भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। प्रधानन्यायाधीश जबराले आज आफूलाई बाहेक एउटा एकल र ९ वटा संयुक्त गरी १० वटा इजलास तोकेका थिए।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलास भने बस्न नसकेको अदालतले जनाएको छ।

नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनरत कानुन व्यवसायीहरुले भने प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरु इजलासमा बहस नगर्ने बताएका छन्।

उनीहरुले आज पनि सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए। सो क्रममा प्रहरीसँग केहीबेर घम्साघम्सी पनि भएको थियो ।

सर्वोच्चका सबै न्यायाधीश इजलास फर्किए

रौतहटमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको

सर्वोच्चका सबै न्यायाधीश इजलास फर्किए

सहिद स्मारक लिग : आज दुई खेल

Leave a comment

Your email address will not be published. Required fields are marked *