सुनको मूल्य तोलामा १ सयले घट्यो

काठमाडौं : नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १०० रूपैयाँ घटेको छ ।

बिहीबार प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ९४ हजार ४०० रूपैयाँ तोकिएको छ ।

यस्तै‚ तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ९०० तोकिएको छ । बिहीबार प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै‚ शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार २७५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।

सुनको मूल्य तोलामा १ सयले घट्यो

विमानस्थलबाट दुई किलो सुन बरामद

सुनको मूल्य तोलामा १ सयले घट्यो

बाबा रामदेवको पतञ्जलीलाई सरकारले जग्गा उपलब्ध गराउँछ

Leave a comment

Your email address will not be published. Required fields are marked *