प्रेमगन्जुको छायांकन सकियो, दुई करोड नाघ्यो लगानी

काठमाडौं : निर्देशक परिच्छेद सेनको चलचित्र प्रेमगन्जुको सम्पूर्ण छायांकन सकिएको छ। गत वर्ष वैशाखदेखि सुरु भएको चलचित्रको छायांकन यही मंसिर एक गते सकिएको बताइएको छ।

पहिलो लकडाउन सकिएसँगै चलचित्रको सुटिङ सुरु भएको थियो। दोस्रो लकडाउन सुरु भएपछि भने केही समय सुटिङ स्थगित भएको थियो।

कोरोनाको लकडाउनले देश तहसनहस भररहँदा चलचित्र क्षेत्र त झनै बेहाल अवस्थामा पुग्‍यो। प्रदर्शन हुन लागेका सबैखाले चलचित्र रोकिए, सुटिङमा जान तयार चलचित्र पनि रोकिए। तर, प्रेमगन्ज निर्माण युनिट भने चलचित्र निर्माणमा जुटिरह्यो।

चलचित्रमा दुई करोडभन्दा बढी लगानी भएको निर्माण युनिटले जनाएको छ। चलचित्रको काभ्रेको देउराली, सोलुखुम्बुको पत्ताले , काठमाडौं तथा भक्तपुरको नाला र पनौतीमा दृश्याकन भएको छ।

बेनिसा हमाल, तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका रहेको चलचित्रमार्फत राईडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खड्काले डेब्यु गर्दैछन्।

चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाल हुन्। चलचित्रको प्रदर्शन मिति छिट्टै घोषणा हुँदै छ।

प्रेमगन्जुको छायांकन सकियो, दुई करोड नाघ्यो लगानी

कर्णालीका मुख्यमन्त्रीले मंसिर १४ गते विश्वासको मत

प्रेमगन्जुको छायांकन सकियो, दुई करोड नाघ्यो लगानी

भ्रष्टाचार नियन्त्रणमा नागरिकको भूमिका

Leave a comment

Your email address will not be published. Required fields are marked *