आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाण्डौ : देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । आज पहाडी क्षेत्रका एकरदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् ।

वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा फाट्टफुट्टदेखि हल्का पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

बिहान काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि फाट्टफुट्ट पानी परेको थियो ।

यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा आज पनि हिमपात हुने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार हिजोदेखि नै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज र भोलि पनि हिमपात हुने सम्भावना रहेको उहाँले बताउनुभयो । नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको प्रभावले देशका धेरैजसो ठाउँमा चिसो बढ्ने क्रममा रहेको छ ।

काठमाण्डौको न्यूनतम तापक्रम आज नघटे पनि मौसम बद्लीएकाले चिसो महसुस भएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव १ डिग्री सेल्सियस छ । मौसम बद्ली भएकाले अधिकतम तापक्रम भने आज पनि घट्ने सम्भावना छ ।

पर्सि आइतवारदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । यस्तै, मौसमविद्ले पर्वतारोहणमा जाँदा मौसमको अवस्थाबारे जानकारी राख्न सुझाव दिएका छन् ।

हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जानु अघि मौसमको अवस्थाबारे बुझ्न उनीहरुले सुझाव दिएका हुन् ।

आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

विवादित तीन कृषि कानुन खारेज गर्ने भारतीय

आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

कर्णालीका मुख्यमन्त्रीले मंसिर १४ गते विश्वासको मत

Leave a comment

Your email address will not be published. Required fields are marked *