ज्याकलिनको व्यापारीसँग गोप्य सम्बन्ध

मुम्बइ । बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिसका फ्यानहरुका लागि एउटा नयाँ खबर छ। भारतीय मिडियाले ज्याकलिन एकजनासँग रिलेशनमा रहेको भन्दै उनीहरु छिट्टै नयाँघरमा सर्ने उल्लेख गरेको छ।

त्यसो त रिलेशनसीपका विषयमा ज्याकलिनको थुप्रै गसिपले मिडियामा स्थान पाइसकेको छ। मिडियाले लेखे अनुसार ज्याकलिनका पार्टनरको फिल्मसँग कुनै सम्बन्ध छैन। उनी दक्षिण भारतका राम्रा व्यापारी हुन्।

रिपोर्टमा उल्लेख भए अनुसार ज्याकलिन पछिल्लो २ महिनादेखी जुह वा बान्द्रामा घरको खोजीमा छिन्। उनीहरु आफ्नो सम्बन्धको वारेमा पनि सिरियस भएको मिडियाको दावी छ । अहिले उनीहरु घन्टौ भिडियो कल गरेर बिताउछन् भने नयाँ घरमा पनि दुवै जनाको लगानी रहने छ।

ज्याकलिनको व्यापारीसँग गोप्य सम्बन्ध

तौल घटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!