गीता कपुरको बिहेको चर्चा किन चल्यो ?
सामाजिक संजालमा बलिउडकी सफल कोरियोग्राफर गीता कपुरले सिउँदोमा सिन्दुर लगाएको तस्वीर शेयर गरिन् । उनको यो तस्वीर सामाजिक संजालमा भाइरल भयो । धेरै फ्यानले उनलाई बिहे गरेकोमा वधाई समेत दिन भ्याए । मिडियामा भने गीता कपुरको सिउँदोको राजको बिषयमा खुबै चर्चा भयो ।
बिहेको चर्चा चलेपछि गीता कपुरले भारतीय मिडियासँग कुरा गर्दै आफूले बिहे नगरेको उल्लेख गरेकी छिन् । उनले आफूले बिहे गरेको खण्डमा नलुकाउने पनि उल्लेख गरेकी छिन् ।
गीताले भनेकी छिन्–‘बिहेको फैसला म लुकेर गर्दिनँ । मेरो आमाको निधन भएको ४ महिना मात्र भएको छ, यसैले म सबैसँग भन्न चाहन्छु कि मैले बिहे गरेको छैन ।’
गीताले सुपर डान्सर सिजन ४ को छायांकनका क्रममा आफूले बलिउड नायिका रेखालाई समर्पित गर्दै सिन्दुर लगाएको बताएकी छिन् । उनले भनिन्–‘यो शोको आउँदो भागमा हामीले बलिउड क्विन स्पेशल सुट गरेका छौं । मैले मेरो आइडल रेखालाई समर्पित गर्दै सिन्दुर लगाएकी हुँ । बिहेको खुशी म सबैसँग शेयर गर्नेछु ।’





