योगीका अर्का मन्त्रीलाई पनि कोरोनाले लग्यो

एजेन्सी । भारतको उत्तर प्रदेशका बाढी नियन्त्रण तथा राजस्व राज्यमन्त्री विजय कश्यपले कोरोना संक्रमणपश्चात् ज्यान गुमाएका छन्।

मुख्यमन्त्री योगी आदित्यनाथको क्याबिनेटका राज्यमन्त्री कश्यपको मंगलबार मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि ५६ वर्षीय कश्यप गुडगाउँस्थित मेदान्ता अस्पतालमा उपचाररत थिए। तर, संक्रमणले गाल्दै लगेपछि मंगलबार उनको ज्यान गएको हो।

यसअघि नै उत्तर प्रदेशका दुई मन्त्री चेतन चौहान र कम रानी वरुणको कोरोनाले नै ज्यान लिइसकेको छ।

कश्यपको निधनप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।

योगीका अर्का मन्त्रीलाई पनि कोरोनाले लग्यो

हमास अब वर्षौंसम्म जाग्न सक्दैन : नेतन्याहू

योगीका अर्का मन्त्रीलाई पनि कोरोनाले लग्यो

प्रम ओली भन्छन् : बादलले जिते कम्युनिस्ट

Leave a comment

Your email address will not be published. Required fields are marked *