हमास अब वर्षौंसम्म जाग्न सक्दैन : नेतन्याहू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले प्यालेस्टाइनी चरमपन्थी संगठन हमास अब वर्षौंसम्म जाग्न नसक्ने बताएका छन्।

‘वरपर रहेका दुस्मनहरुले हामीसँग निहुँ खोजे कस्तो परिणाम भोग्नुपर्छ भन्ने थाहा पाएका छन्,’ नेतन्याहूले भनेका छन्‌, ‘यसपटक आक्रमण गर्दा हमास वर्षौंसम्म जाग्न नसक्नेगरी पछि फर्किएको छ।’

आफ्ना नागरिकका लागि शान्ति बहान गर्ने दिशामा आवश्यक रहेसम्म हमासविरुद्ध हवाई हमला गरिरहने पनि उनको भनाई छ।

अहिले इजरायल र प्यालेस्टाइनबीच लडाइँ भैरहेको छ। जेरुसेलम क्षेत्रमा रहेको अल अक्सा मस्जिदमा प्रार्थनारत मुस्लिमहरुमाथि आक्रमण गरेपछि पछिल्लो हिंसा भड्किएको हो।

सो हिंसा पहिले लडाइँ र अहिले युद्धमा परिणत हुँदैछ।

हमास अब वर्षौंसम्म जाग्न सक्दैन : नेतन्याहू

बंगलादेशमा भीओसी सङ्क्रमणबाट ज्यान जान शुरू

हमास अब वर्षौंसम्म जाग्न सक्दैन : नेतन्याहू

योगीका अर्का मन्त्रीलाई पनि कोरोनाले लग्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *