प्रम ओली भन्छन् : बादलले जिते कम्युनिस्ट एकतामा बल पुग्छ [अपिलसहित]

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता रामबहादुर थापा बादललाई मत दिन आग्रह गरेका छन्।

प्रधानमन्त्रीसमेत रहेका ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गृहमन्त्रीसमेत रहेका पार्टीका उम्मेदवार थापालाई मत दिन आग्रह गरेका हुन्। मतदान बिहीबार हुँदै छ।

‘जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्र उम्मेदवार हुनुहुन्छ।

उहाँ नेपालको कम्युनिस्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ,’ ओलीले अपिल जारी गर्दै भनेका छन्, ‘उहाँको विजयले कम्युनिस्ट आन्दोलन भावनात्मक एकतामा समेत बल पुग्नेछ।

तसर्थ यस निर्वाचनमा एकताबद्ध भएर आफ्ना पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु।’

यस्ताे छ अपिल

प्रम ओली भन्छन् : बादलले जिते कम्युनिस्ट एकतामा बल पुग्छ  [अपिलसहित]

योगीका अर्का मन्त्रीलाई पनि कोरोनाले लग्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *