काेराेनाकाे उपचार अब स्थानीय तहलेनै गर्ने

सुर्खेत । दोस्रो चरणको कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि कर्णालीमा उच्च सर्तकता अपनाउन थालिएको छ । वीरेन्द्रनगरमा प्रादेशिक स्वास्थ्य आपतकालीन निर्देशन समितिको बैठकले कोरोनाको संक्रमण रोक्न सबै तयारी गरिने निर्णय समेत गरेको हाे ।

सामाजिक विकास मन्त्री विमला केसीको उपस्थितिमा बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न र सचेतना कार्यक्रम व्यापक रुपमा सञ्चालन गर्ने निर्णय गरिएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए ।


उनकाअनुसार सार्वजनिक यातायात तथा क्षेत्रमा हिडडुल गर्ने यात्रुहरुलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न लगाउन बस व्यवसायी समितिलाई अनुरोध गर्ने व्यवस्था सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएको छ।

यस्तै, नाकाबाट प्रवेश गर्ने व्यक्तिहरुलाई नाकाबाट स्थानीय तहसम्म लैजाने र सामान्य लक्षण नभएका संक्रमितहरुको सम्बन्धित स्थानीय तहले उपचार व्यवस्थापन गर्ने निर्णय समेत गरिएकाे छ ।

प्रादेशिक स्वास्थ्य आपतकालीन निर्देशन समितिले गरेको निर्णय

प्रदेशमा रहेका कोभिड-१९ हब अस्पताल र सम्पूर्ण अस्पतालहरुमा कोभिड-१९ बिरामीहरुको उपचार व्यवस्थापनका लागि पूर्ण तयारीमा रहन निर्देशन दिने र सोको लागि आवश्यक व्यवस्था प्रदेश सरकारले गर्न अनुरोध गर्ने निर्णय गरियो ।

स्वास्थ्य सेवा निर्देशनालयबाट सार्वजनिक हुने दैनिक कोभिड(१९ अपडेट र विभिन्न निकायमा पठाइने दैनिक प्रतिवेदनका सन्दर्भमा तथ्यांकीय शुद्धता कायम गर्दै एउटै इमेल ठेगानाबाट प्रतिवेदन तथा एउटै सामाजिक सञ्जालबाट सार्वजनिकीकरण एकद्वारबाट गर्ने निर्णय गरियो ।

प्रदेशमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरुलाई कोभिड-१९ रोकथामका लागि पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरियो ।

काेराेनाकाे उपचार अब स्थानीय तहलेनै गर्ने

आमा र छोरीलाई पाठेघर उपहार

काेराेनाकाे उपचार अब स्थानीय तहलेनै गर्ने

पूर्वमा टेन्डर, पश्चिममा अन्यौल

Leave a comment

Your email address will not be published. Required fields are marked *