कोरानोविरुद्धको दोस्रो खोप लगाइँदै

सुर्खेत । आज (सोमबार)देखि देशभर कोरोना बिरुद्धको दोस्रो चरणको खोप लगाइने भएको छ । सुर्खेतमा पनि पहिलो चरणको (माघ १४ देखि २४ र फागुन २ देखि १० गतेसम्म) खोप लगाएकालाई दोस्रो डोज लगाइने भएको छ ।
जिल्लाभर विभिन्न ९ वटा अस्पताल तथा स्वास्थ्यचौकीबाट खोप लगाइन थालिएको हो ।

जसमध्ये राकम स्वास्थ्यचौकी सिम्ता, मेहलकुना अस्पताल, दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्र, अवचिङ प्राथमिक स्वास्थ्य केन्द्र, छिन्चु स्वास्थ्य चौकी, कटकुवा स्वास्थ्यचौकी, प्रदेश अस्पताल कालागाउँ, कुनाथरी स्वास्थ्ग्य चौकी, सालकोट प्राथमिक स्वास्थ्य केन्द्र र गुटुमा स्वास्थ्य चौकीबाट खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । खोप अभियान बैशाख ८ गतेसम्म सञ्चालन हुनेछ ।






