अभिनेत्री रेवतीले लगाइन् १४ जनामाथि यौन शोषणको आरोप

एजेन्सी । मलयालम अभिनेत्री रेवती संपतले १४ जनामाथि यौन शोषणको आरोप लगाएकी छन् । उनले सामाजिक सञ्जाल फेसकबुकमा १४ जनाको नाम सार्वजनिक गर्दै सो आरोप लगाएकी हुन् ।

उनले सार्वजनिक गरेको सूचीमा चर्चित अभिनेता सिद्दीकी, निर्देशक राजेश टचरिवर, डाक्टर, सब–इन्स्पेक्टरसहित कयौँ मानिस सामिल छन् । डिवाइएफआई नेता नन्दु अशोकनको नाम समेत उनको सूचीमा परेको छ ।

उनले पोष्टमा लेखेकी छन् ‘मैले यहाँ प्रोफेसनल, ब्यक्तिगत, साइबर स्पेसका माध्यमले दुर्व्यवहार गर्ने अपराधिको नाम खुलासा गर्दैछु । जसले अहिलेसम्म मेरो शारीरिक, मानसिक र भावनात्मक रुपमा शोषण गरेका छन् ।’

अभिनेत्रीले निर्देशक राजेश टचरिवर, अभिनेता सिद्दीकी, फोटोग्राफर आशिक माही, अभिनेता शिजु ए.आर, केरला फेसन वीकका संस्थापक अभिल देव, डक्टर अजय प्रभाकर, साइबल बुल एम.यसएसएस, सौरभ कृष्णन, डीवाईएफआई युनिट कमिटीका सदस्य नेदुमकाड, सब इन्सपेक्टर बीनुलगायत व्यक्ति रहेका छन् ।

‘पटनागढ’ फिल्मकी अभिनेत्री रेवतीले चर्चित अभिनेता सिद्दीकीलाई यौन शोषणको आरोप लगाउदै उनलाई पहिले पनि यौन शोषणको आरोप लागेको खुलासा गर्दै कारबाही भने नभएको बताएकी छन् । रेवतीको यो पोष्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

केही मानिसले यो उनको पोष्टलाई चर्चामा आउने माध्यम बताएका छन् भने केहीले उनको सूचीमा उल्लेख व्यक्तिलाई कारवाहीको माग गरेका छन् ।

https://www.facebook.com/revathy.sampath.16/posts/2562973334012383

अभिनेत्री रेवतीले लगाइन् १४ जनामाथि यौन शोषणको आरोप

‘म केही गर्छु’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!