गर्भवती नीना गुप्तालाई जब समलिङ्गीसँग विवाह गर्न सुझाव दिइयो, दिएकी थिइन् यस्तो जवाफ
एजेन्सी । बलिउड अभिनेत्री नीना गुप्ताको जीवन निकै उतारचढावयुक्त छ । उनले व्यावसायिक र नीजि जीवनमा निकै संघर्ष गर्नुपर्यो । अभिनेत्रीले सफलता पनि ६० वर्षको उमेरमा पाइन् । अब नायिका बलिउड उद्योगको ठूलो नाम बनिसकेकी छिन् र उनले लगातार फिल्मको अफर पाइरहेकी छिन् ।
निर्माता–निर्देशकले उनलाई विश्वास दिलाउने कोसिस गरिरहेका छन् । अब नीना आफ्नो आत्मवृत्तान्त लेखिरहेकी छिन् । यसमा उनले आफ्नो नीजि र वैवाहिक जीवनको विषयमा थुप्रै खुलासा गरेकी छिन् ।
सबैलाई थाहा छ नीना गुप्ता वेस्टइन्डिज खिलाडी सर विवियन रिचर्डस्सँग सम्बन्धमा थिइन् । यो सम्बन्धबाट उनीहरुका मसाबा नामकी छोरी पनि छिन् । तर छोरी जन्मिएपछि विवियन रिचर्डस्ले नीनासँग विवाह गर्न अस्वीकार गरिदिए । यो समय नीनाका लागि निकै मुश्किल समय थियो ।
उनले फिल्ममा पनि खासै काम पाइरहेकी थिइनन् । यसबाहेक सुरुमा उनी विवियन रिचर्डस्सँग आफ्नो सम्बन्धका कारण चर्चामा आइन् र पछि ब्रेकअपका कारण । सिंगल ममको रुपमा उनले मसाबालाई हुर्काइन्, बढाइन् ।





