कर्णालीमा मंगलबार ४८१ जना संक्रमित डिस्चार्ज, ८ जनाको मृत्यु

सुर्खेत । कर्णालीका पछिल्लो समय कोरोना सक्रमितहरु डिस्चार्ज हुने दर बढ्न थालेको छ । मंगलबार मात्र कर्णालीमा बितेको २४ घण्टा भित्र चार सय ८१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
यो सँगै कुल संक्रमितमध्ये निको हुनेको संख्या १० हजार नौ सय ६७ पुगेको छ ।
कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत आँठजना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृत्यु हुनेमा सुर्खेतका पाँचजना, सल्यानका दुईजना र डोल्पाका एकजना रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म एक सय ७० पुगेको छ ।
निर्देशनालयका निमित्त निर्देशक डा. रवीन खड्काका अनुसार बितेको २४ घण्टामा आरटिपिसिआर विधिबाट पाँचसय १७ जनाको परिक्षण गर्दा तीनसय ५३ र एन्टिजेन विधिबाट दुई सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णालीमा कुल संक्रमितको संख्या १७ हजार नौसय ९९ पुगेको छ । हाल पाँच हजार पाँच सय ८२ जना सक्रिय संक्रमित प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टर, होम आइसोलेसनमा छन् ।






