कोरोनाको प्रभाव धनी र गरिब देशमा छुट्टिन थाल्यो : डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले गरिब र धनी देशहरुको बीचमा कोरोनाको प्रभाव स्पष्ट रुपमा छुट्टिन थालेको बताएको छ।

बेलैमा कोरोनाविरुद्धको खोप उत्पादन र खरिदमा सक्रियता देखाएका देशहरुमा संक्रमणको दर न्यून हुँदै गएको र खोप खरिद गरी लगाउन नसकेका देशमा संक्रमण दर उकालो लागेको डब्ल्युएचओको ठहर छ।

विश्वभर अहिलेसम्म १६ करोड ४२ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै ३४ लाख बढी मानिसको मृत्यु भइसकेको छ। डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहानोम घेब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा कोरोना महामारीको अन्त्य तत्काल नहुने समेत बताए।

उनले कोरोनाविरुद्ध प्रत्येक व्यक्तिलाई खोप र उपचारको व्यवस्था नभएसम्म नियन्त्रणको सम्भावना निकै टाढा रहेको उल्लेख गरे। महानिर्देशक घेब्रेयससले यसअिघ कोरोना नियन्त्रणमा लिन सफल भएका देशमा अहिले संक्रमण पुष्टि, अस्पतालमा बिरामी भर्ना र मृत्युको संख्या नाटकीय रुपमा वृद्धि भएको बताए।

भाइरसको नयाँ भेरियन्ट, नाजुक स्वास्थ्य प्रणाली, सार्वजनिक स्वास्थ्यका उपाय अबलम्बनमा ढिलाइ, अक्सिजनको अभाव र खोपको अभावमा संक्रमणको जोखिम नाटकीय रुपमा वृद्धि भएको उनको भनाइ छ।

कोरोनाको प्रभाव धनी र गरिब देशमा छुट्टिन थाल्यो : डब्लुएचओ

गुजरातमा चक्रवात वायु, तटीय क्षेत्रका गाउँ पूरै

कोरोनाको प्रभाव धनी र गरिब देशमा छुट्टिन थाल्यो : डब्लुएचओ

पश्चिम बंगालका दुई मन्त्रीसहित चार नेता जेल

Leave a comment

Your email address will not be published. Required fields are marked *