पश्चिम बंगालका दुई मन्त्रीसहित चार नेता जेल चलान

एजेन्सी । भारतको पश्चिम बंगालमा नारदा स्टिङ्ग मामिलामा ममता बनर्जी सरकारका दुई मन्त्रीसहित चार जना नेतालाई कोलकाताको प्रेसीडेन्सी जेलमा चलान गरिएको छ।​

सीबीआईले सोमबार मन्त्रीहरु सुब्रत मुखर्जी र फिरहाद हकीम, टीएमसीका सांसद मदन मित्रा र पार्टीका पूर्वनेता शोभन चटर्जीलाई गिरफ्तार गरेको थियो।

सीबीआईले बयान लिन उनीहरुलाई आफ्नो कार्यालयमा लगेको थियो। सोमबार साँझ विशेष अदालतले उनीहरुलाई अन्तरिम जमानतमा छोडेको थियो। तर उनीहरुलाई थप अनुसन्धान गर्नु पर्ने भन्दै दरपीठ दायर भएको थियो। उनीहरुलाई आज सोही अदालतले थप अनुसन्धान गर्न भन्दै जेल पठाएको हो।

पश्चिम बंगालका दुई मन्त्रीसहित चार नेता जेल चलान

कोरोनाको प्रभाव धनी र गरिब देशमा छुट्टिन

पश्चिम बंगालका दुई मन्त्रीसहित चार नेता जेल चलान

सेयर बजारमा नयाँ रेकर्ड, ११ अर्ब नाघ्याे

Leave a comment

Your email address will not be published. Required fields are marked *