गुजरातमा चक्रवात वायु, तटीय क्षेत्रका गाउँ पूरै खाली गराइयो

अरब सागबाट उठेको चक्रवात वायुले भारतलाई नराम्ररी प्रभावित बनाएको छ। भारतीय मौसम विभागका अनुसार यसको प्रभावमा भारतमा केही दिन रहने बताएको छ। यसको प्रभाव भारतका केही राज्यमा २ घण्टासम्म रहने जनाइएको छ। विशेषगरी गुजरातमा प्रभाव पारेको यो वायुले आसपासका ४ जिल्लामा बढी प्रभाव पारेको छ। जसका कारण त्यहाँ निकै ठूलो वर्षा भएको छ।

तेज गतिमा आएको वायुका कारण त्यहाँका १६ गाउँमा विद्युत् आपूर्ति बन्द गरिएको थियो। ८० देखि १३० किलोमिटर प्रतिघण्टा चलेको वायुका कारण किसानले लगाएका बालीमा पूर्ण रूपमा नष्ट गरेको छ।

चक्रवात वायु ३ घण्टाभित्र ५ वटा जिल्लामा पुगेको थियो। चक्रवातका कारण गुजरातका २१ जिल्लाका ८० वटा गाउँमा अहिले पनि वर्षा भइरहेको भारतको मौसम विभागलाई उद्धृत गर्दै द भाष्कारले लेखेको छ। गुजरातका भावनगर, अमरेली, गिर सोमनाथ, जुनागढ र पोरबन्दरमा १७५ किलोमिटर प्रतिघण्टामा हावा चलेको जनाइएको छ।

तूफानले केन्द्र शासित प्रदेश दीवमा सबैभन्दा बढी असर पारेको जनाइएको छ। त्यहाँ समुद्र छालहरू तीन मिटरभन्दा माथि उठेको छ। जसका कारण समुद्रको पानी सहरका घर–घरमा पसेको भाष्करले लेखेको छ। तटीय क्षेत्रको पानी गाउँ पस्न लागेपछि प्रशासनले पूरै गाउँ खाली गरेको छ।

दीवका कलेक्टर सलोनी राईले भने, ‘हामीले मानिसहरूलाई घरबाट बाहिर निकालेका छौं। यहाँका करिब १२०० मानिसलाई अन्यत्र बासस्थानको व्यवस्था मिलाइएको छ।’ त्यहाँ अहिले व्यापक मात्रा उद्धारकर्ता खटाइएको छ। साथै सबै सरकारी अस्पताललाई २४ घण्टा अलर्ट बस्न भनिएको पनि राईले बताएका छन्।

गुजरातमा चक्रवात वायु, तटीय क्षेत्रका गाउँ पूरै खाली गराइयो

इस्लामिक जिहादका कमाण्डर मारिएका इजरायली सेनाको दाबी

गुजरातमा चक्रवात वायु, तटीय क्षेत्रका गाउँ पूरै खाली गराइयो

कोरोनाको प्रभाव धनी र गरिब देशमा छुट्टिन

Leave a comment

Your email address will not be published. Required fields are marked *