मिस वर्ल्ड २०२१ : कोरोनाका कारण फाइनल प्रभावित, सबै प्रतियोगी क्वारेन्टाइनमा

काठमाडौं : कोरोनाका कारण मिस वर्ल्डको फाइनल प्रभावित भएको छ। प्रतियोगी नै संक्रमित भएपछि शुक्रबार बिहान हुने भनिएको ७० औँ मिस वर्ल्ड प्रतियोगिताको फाइनल तीन महिनाको लागि सरेको छ।

मिस इन्डोनेसिया र मिस मलेसियामा कोरोना संक्रमण देखिएपछि यतिवेला सबै प्रतियोगी तथा कर्मचारी क्वारेन्टाइनमा बसेको मिस वर्ल्डको फेसबुक पेजमार्फत जानकारी गराइएको छ।

कोरोनाका कारण गत वर्ष मिस वर्ल्ड प्रतियोगिता नै हुन सकेको थिएन। यो वर्ष पनि अन्तिम दिन कोरोनाकै कारण प्रतियोगिता स्थगित हुन पुगेको हो।

पोर्टो रिकोको राजधानी सान ह्वानमा भइरहेको प्रतियोगितामा नेपालका तर्फबाट मिस नेपाल २०२० नम्रता श्रेष्ठले भाग लिएकी छन्।

उत्कृष्ट ३० छनोट भइसकेको प्रतियोगिताको विजेता शुक्रबार छनोट गर्ने कार्यक्रम रहेको थियो। ९७ देशले सहभागिता जनाएको प्रतियोगितामा मिस नेपाल नम्रता श्रेष्ठ उत्कृष्ट ३० मा पर्न सफल भएकी छन्।

हेड टु हेड राउन्डको विजेता हुँदै नेपाललाई प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ उत्कृष्ट ३० मा पर्न सफल भएकी हुन्। साथै उनी ब्युटी विद अ पर्पोसमा पनि उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन्।

बेलायती एरिक मार्लेको अवधारणामा सन् १९५१ देखि सुरु भएको यो प्रतियोगिता विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित सुन्दरी प्रतियोगिता हो।

दुई वर्षअघि भएको मिस वर्ल्डको ६९ औँ संस्करणको विजेता जमैकाकी टोनी आन सिंह भएकी थिइन्। उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल अनुष्का श्रेष्ठ उत्कृष्ट १२ सम्म पुग्नुका साथै ब्युटी विद अ पर्पोस, मल्टिमिडिया र हेड टु हेड च्यालेन्जको विजेता हुँदै मुख्य तीन अवार्ड नेपाल भित्र्याएकी थिइन्।

मिस वर्ल्ड २०२१ : कोरोनाका कारण फाइनल प्रभावित, सबै प्रतियोगी क्वारेन्टाइनमा

जुम्लामा यौन दुव्र्यवहारका घटना बढे

मिस वर्ल्ड २०२१ : कोरोनाका कारण फाइनल प्रभावित, सबै प्रतियोगी क्वारेन्टाइनमा

मेक्सिकन अभिनेत्री तथा गायिका तानियाको हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *