जुम्लामा यौन दुव्र्यवहारका घटना बढे


जुम्ला : जुम्लामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा यो वर्ष ९ वटा बलात्कार तथा यौन दुर्व् यवहारका घटना भएका छन् । अघिल्लो वर्ष बलात्कारका ३ र यौन दुर्व्यवहारका घटना ५ गरी ८ वटा घटना भएका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ मा उल्लेख गरिएका छन् ।

यो वर्ष २०२१ जनवरीदेखि डिसेम्बरसम्म बलात्कारका ४ वटा घटना र यौन दुर्व्यवहार ५ वटा गरी ९ वटा घटना संकलित भएका छन् । बलात्कार तथा यौन दुर्व्यवहारका ९ वटा घटनामध्ये सातजना आरोपित पुर्पक्षका लागि कारागार चलान भएका छन् भने दुईजना बालक सुधारगृह र एकजना फरार रहेको इन्सेकको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै जातीय विभेदसम्बन्धी एक घटना, बहुविवाहका दुई घटना, यातानापछि मृत्यु एक, अपहरण एक, हत्या एक गरी र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी दुईवटा घटना गरी १७ वटा घटना संकलन गरिएका छन् ।

शिक्षा र खाद्य अधिकार सम्बन्धी घटना पनि संकलन गरिएका छन् । मानवअधिकार वर्ष पुस्तकको वार्षिक पूर्वसमीक्षाका कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले वर्ष पुस्तक प्रभावकारी हुने भएकाले बाढी पहिरोले पारेको क्षति लगायतका विषयमा समेत प्राथमिकता राख्न आवश्यक छ । बाढीले अन्नबालीमा परेको क्षतिका विषयमा धानबाली राहत वितरणका लागि कार्यविधि मात्रै बनेको छ ।

उनले भने, ‘अरू अन्नबालीको विषयमा कार्यविधि नबनेकाले यसमा पनि समस्या देखिएको छ । यो विषयमा थप प्रभावकारी बनाउनका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गर्नेछौँ ।’ राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख बुद्धनारायण साहनीले घटनाको पुष्टि हुने तथ्यांक थप बलियो बनाउन सुझाउँदै बढ् दो सड्क दुर्घटनाका विषय पनि समेट्न सुझाव दिए ।

जुम्लामा यौन दुव्र्यवहारका घटना बढे

अभिकर्तादेखि ‘हाकिम’सम्म

जुम्लामा यौन दुव्र्यवहारका घटना बढे

मिस वर्ल्ड २०२१ : कोरोनाका कारण फाइनल

Leave a comment

Your email address will not be published. Required fields are marked *