अस्पतालबाट घर फर्किएपछि ‘काकु’ 

काठमाडौं । हास्य श्रृखंला ‘सक्किगोनी’का कलाकार दीपकप्रसाद आचार्य (काकु)ले कोरोना जितेका छन् । उनले आफुले कोरोना जितेको सामाजिक संजालबाट जानकारी दिएका हुन् । सामाजिक संजालको पोष्टमा उनले आफु कोरोना जितेर घर फर्किएको समेत बताएका छन् ।

कोरोनासँगको लडाईमा आफु खतरामुक्त रहको बताएका उनले ८ दिनको होम आइसोलेसन र ९ दिनको अस्पताल बसाइपछि ठिक भएको जनाएका छन् ।

‘जीवनको मूल्य तब मात्र थाहा हुँदो रहेछ, जब मान्छेले आफ्नै मृत्युलाई आफ्नै सामुन्ने आफ्नो जीवन समाप्तिको लागि प्रतिक्षा गरि रहेको प्रत्यक्ष देख्छ’ उनले फेसबुकमा लेखेका छन् ‘यस्तै एउटा मृत्युलाई पराजित गरेर सुरुको ८ दिनको होम आइसोलेसन पछि र ९ दिनको अस्पताल बसाइपछि घर आएको छु ।’

आफुलाई कोरोना सङक्रमण पछि निमोनिया समेत भएको बताएका उनले सोही समय आफुलाई अस्पताल पुर्‍याउनेलाई धन्यवाद दिएका छन् । समयमा अस्पताल र अक्सिजनको ब्यबस्थापन नभएको भए परिस्थिती अर्कै हुने बताएका उनले आफ्नो उपचार गर्ने जनमैत्री अस्पतालका डाक्टर तथा नर्सहरूको टिम प्रति समेत आभार ब्यक्त गरेका छन् ।

अस्पतालबाट घर फर्किएपछि ‘काकु’ 

तातोपानी नाका आइपुग्यो २५ सय सिलिण्डर अक्सिजन

अस्पतालबाट घर फर्किएपछि ‘काकु’ 

७३ देशका सुन्दरीलाई पछि पार्दै मिस युनिभर्स

Leave a comment

Your email address will not be published. Required fields are marked *