भारतमा तुफानको प्रलय : हवाई उडान र खोप अभियान नै प्रभावित

एजेन्सी । भारतमा चलिरहेको शक्तिशाली ताउक्ते तुफानका कारण त्यहाँ हवाई सेवादेखि कोरोना विरुद्धको खोप अभियानसम्म प्रभावित भएको छ।

चक्रवातको गति १५५ देखि १६५ किलोमिटरसम्म हुने अनुमान गरिएको छ। त्यहाँको मौसम विभागका महानिर्देशक मृत्युञ्जय महापात्रले आज गुजरातका विभिन्न भूभागमा आँधीका कारण भारी वर्षा हुनसक्ने बताएका छन्।

तुफान निकै तीव्र गतिको भएकाले मछुवारलाई समुद्रमा नजान आग्रह गरिएको छ। विमान कम्पनीहरूले गोवा अन्तरराष्ट्रिय विमानस्थलमा उडान÷अवतरण स्थगित गरेका छन्।

गुजरातका मुख्यमन्त्री विजय रूपाणीले आज र भोलि त्यहाँ खोप अभियान स्थगित गरिदिएका छन् । तुफानका कारण त्यहाँ करिव एक दर्जन मानिसको ज्यान गएको र तटीय क्षेत्रबाट हजारौंलाई उद्धार गरिएको छ ।

भारतमा तुफानको प्रलय : हवाई उडान र खोप अभियान नै प्रभावित

कोरोना नियन्त्रणमा खर्च गर्न अर्थ मन्त्रालयद्वारा ४

भारतमा तुफानको प्रलय : हवाई उडान र खोप अभियान नै प्रभावित

इजरायली हवाई आक्रमणबाट १८८ प्यालेस्टाइनीको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *