नेपाल आयल निगमले फेरि बढायाे पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको खुद्रा मूल्यमा दुई रुपैयाँ प्रतिलिटरका दरले वृद्धि गरेको हो।

वृद्धि गरेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। योसँगै अब पेट्रोल प्रतिलिटर एक सय २३ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर एक सय ६ रुपैयाँ र हवाई इन्धन ७८ रुपैयाँ पुगेको छ ।

एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा मूल्य भने यथावत रहेको निगमले जनाएको छ। निगमले भारतीय आयल निगमको स्वचालित मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ८.५६, डिजेलमा प्रतिलिटर ४.४६ तथा एलपी ग्यासमा प्रति सिलिण्डर ३७५.१३ रुपैयाँ घाटा रहेको जनाएको छ ।

nigha

नेपाल आयल निगमले फेरि बढायाे पेट्रोलियम पदार्थको मूल्य

बाँकेमा थप ११ संक्रमितको मृत्यु, एकसाता लम्बियो

नेपाल आयल निगमले फेरि बढायाे पेट्रोलियम पदार्थको मूल्य

कोरोना नियन्त्रणमा खर्च गर्न अर्थ मन्त्रालयद्वारा ४

Leave a comment

Your email address will not be published. Required fields are marked *