राष्ट्रपति रनिङ शिल्ड आयोजक विद्यालयका शिक्षकमा कोरोना

दुर्गा विसि

सुर्खेतको सिम्ता गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड आयोजक विद्यालयका शिक्षकहरुमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । शिक्षकहरुमा कोराना देखिए पछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ ।

विद्यालय प्रशासन र सिम्ता गाउँपालिका शिक्षा शाखाको संयुक्त छलफलबाट सो निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक प्रेम थापाले जानकारी दिएका छन् । भानु मावि सिम्ता वजेडिचौरले राष्ट्र पति रनिङ शिल्ड आयोजना गरेको थियोे ।विद्यालयका धेरै शिक्षक कर्मचारीमा ज्वरो आउने लक्षण देखा परे पछि कोरोना चेकजाँच पछि दुई जना शिक्षकको रिपोर्ट पोजेटिभ आएको छ ।

शिक्षकहरुमा कोरोना पोजेटिभ देखिए पछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ । यहि बैशाख ५ गतेदेखि ११गते सम्मका लागि शैक्षिक गतिविधिहरु बन्द हुने विद्यालयका प्रअ थापाले जानकारी दिएका छन् ।यहि चैत्र २६ गते देखि २८ गतेसम्म उक्त विद्यालयमा रनिङ शिल्ड सञ्चालन भएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड आयोजक विद्यालयका शिक्षकमा कोरोना

शिवले प्रेम प्रस्ताव राखे चन्दुले सहजै स्वीकार

राष्ट्रपति रनिङ शिल्ड आयोजक विद्यालयका शिक्षकमा कोरोना

यत्ति गणित जान्नुहुन्न ? कुन् स्कुलमा पढ्नु

Leave a comment

Your email address will not be published. Required fields are marked *