नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै नेपाल, ३ खेलाडीले गरे डेब्यु

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उद्घाटन खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो सवा १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको हो ।

सिरिजको उद्घाटन खेलमा जित निकाल्ने लक्ष्यसहित नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रनेछ । नेदरल्यान्ड पिटर सिलारको कप्तानीमा मैदान उत्रने छ । आशिफ शेख, कुशल भुर्तेल र शाहब आलमले टी–२० अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् । ओपनर ब्याट्सम्यान आशिफ, अलराउण्डर कुशल र स्पिनर शाहबले डेब्यू गरेका हुन् । बलियो टिम नेदरल्यान्ड नेपाललाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

नेपालले डेभ वाटमोरको प्रशिक्षणमा पहिलो पटक अन्तर्राष्ट्रिय म्याच खेल्न लागेको हो । नेपालले घरेलु मैदानमा पहिलोपटक त्रिकोणात्मक टी–२० सिरिज खेल्न लागेको हो । यसअघि २०१९ मा भएको १३औँ सागमा नेपालले टी–२० क्रिकेट खेलेको थियो । जसमा भुटान र माल्दिभ्ससँग खेलेको खेलले टी–२० मान्यता पाए पनि त्यो सिरिज थिएन ।

नेदरल्यान्ड्स एसोसिएट राष्ट्रमध्यको बलियो टोली हो । टी–२० वरीयतामा नेदरल्यान्ड्सभन्दा नेपाल दुई स्थान अगाडि छ। नेपाल आईसीसी टी–२० वरियतामा १५औं स्थानमा रहँदा नेदरल्यान्ड्स १७औं स्थानमा छ । एसोसिएटतर्फ नेपाल तेस्रो तथा नेदरल्यान्ड्स पाँचौं स्थानमा छ। हेड टू हेड नेपाल र नेदरल्यान्ड्स एकअर्काप्रति चिरपरिचित प्रतिद्वन्दी हुन् । यी दुवै टोली सिरिजमा उपाधि दाबेदार हुन् । एसोसिएट राष्ट्रको बलियो टोली नेदरल्यान्ड्सलाई हराउनु नेपाललाई ठूलो चुनौती छ ।

घरेलु मैदानमा हुने यो सिरिजमा नेपाली खेलाडीलाई राम्रो क्रिकेट खेल्ने मौका छ । चोटका कारण टिमका महत्वपूर्ण सदस्य पारस खड्काले सिरिज गुमाउने भएपछि नेपाली टिम केही कमजोर देखिएको छ । पारसको स्थानमा टिममा सन्दीप जोरालाई समावेश गरिएको छ । यस्तै, नेदरल्यान्ड्सलाई समेत नेपाली समर्थकसामु खेल्न सहज हुने छैन । सरकारको कोरोना प्रोटोकललाई ध्यानमा राखेर क्यानले कम दर्शकलाई मैदान प्रवेशका लागि अनुमति दिँदैछ ।

हालसम्म नेपालले नेदरल्यान्ड्ससँग ८ टी–२० खेल खेलेको छ । जसमा ६ टी–२० अन्तर्राष्ट्रिय र २ टी–२० खेल रहेका छन्। नेपालले ८ खेलमध्य जम्मा दुई टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले ५ खेलमा दुई टी–२० र तीन अन्तर्राष्ट्रियमा विजयी भएको छ ।

नेपालको प्लेइङ ११

ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, आशिफ शेख, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल र साहब आलम ।

नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै नेपाल, ३ खेलाडीले गरे डेब्यु

विराट गोल्डकप : उपाधिका लागि आज एपिएफ

नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै नेपाल, ३ खेलाडीले गरे डेब्यु

समावेशी र दीगो परियोजनाका कर्मचारीहरुलाइ तालिम

Leave a comment

Your email address will not be published. Required fields are marked *