आजको मौसम : हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि पानी परेको महाशाखाले जनाएको छ । दिउँसो यी दुई प्रदेशसहित बागमती, गण्डकी र लुम्विनी प्रदेशमा पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिए। यस्तै‚ तराईका केही स्थानहरुमा असिनासहितको क्षणिक वर्षाको सम्भावना छ ।

दिउँसो सामान्यतया मौसम सफा भए पनि प्रि-मनसुन सक्रिय भएकाले बेलुकी हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ। हावाहुरी र चट्याङबाट जोगिन महाशाखाले आग्रह गरेको छ ।

आगामी दुई तीन दिनसम्म मौसम यस्तै रहने महाशाखाको अनुमान छ। शुक्रबार पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङ र असिनासहित पानी परेको थियो। काठमाडौं उपत्यकामा पछिल्लो १८ घण्टामा १३ दशमलब ३ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनमत तापक्रम ११ दशमलकब ६ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २६ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

आजको मौसम : हावाहुरीसहित पानी पर्ने सम्भावना

यसकारण आवश्यक छ घटना दर्ता, नगराए झमेलै-

आजको मौसम : हावाहुरीसहित पानी पर्ने सम्भावना

हरेक वर्ष गोलीकाण्डमा मारिन्छन् ४० हजार अमेरिकी

Leave a comment

Your email address will not be published. Required fields are marked *