सर्वोच्च अदालतमा आज पनि नेपाल बारको आन्दोलन

काठमाण्डौ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ ।

मंगलवार एसोसिएशनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको अन्तिम दिन पनि सर्वोच्च अदालतमा धर्ना दिएको हो । धर्ना तथा विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधवारबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन गर्ने बताउनु भयो ।

उहाँले प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसंगति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाउनु भयो । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य भएको बताउँदै राजीनामापछि मात्रै न्यायपालिकाको सुधार हुने बताउनु भयो ।

यस्तै प्रधानन्यायाधीश जबराले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति विवरण छानबिन गर्न माग आइरहेको बताउँदै त्यसको लागि १९ जना न्यायाधीशसँग छलफल भइरहेको पनि उहाँको भनाइ छ। उहाँले तेस्रो चरणको कार्यक्रममा पनि दिनको दुई घण्टा निरन्तर धर्ना दिने बताउनुभयो ।

सर्वोच्च अदालतमा आज पनि नेपाल बारको आन्दोलन

मन्त्री भुसाल : निजी क्षेत्रलाई पनि विद्युत्

सर्वोच्च अदालतमा आज पनि नेपाल बारको आन्दोलन

प्रदेश १ को प्रदेश सभाको बैठक भोलि

Leave a comment

Your email address will not be published. Required fields are marked *