मुगुको गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट

मुगु :  मुगुको सदरमुकाम गमगढी बजारमा गएराति भीषण आगलागी हुँदा २१ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्।

स्थानीय ठिन्ले लामाको घरमा पूजाका लागि बालेको दियोबाट सल्किएको आगोले १८ वटा घर र ३ वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए। उनका अनुसार आगलागीबाट मानवीय क्षति भएको छैन्।

आगलागीबाट घरसहित अन्य सम्पत्ति गरी करिव ३० करोड रुपैयाँभन्दा धेरै मूल्यको क्षति भएको प्रहरी प्रमुख भट्टराईले बताए।

घरहरु काठैकाठले बनेका र जोडिएका कारण आगो निभाउन समस्या भएको थियो। गएराति साढे १२ बजे सल्किएको आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आज बिहान साढे ४ बजे नियन्त्रणमा लिइएको हो।

मुगुको गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट

नेपाली राष्ट्रिय महिला टोली र कतारबीचको टी–२०

मुगुको गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट

विप्लवु नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण

Leave a comment

Your email address will not be published. Required fields are marked *