फुटबल टिमको बन्द प्रशिक्षणमा ८ खेलाडी परिवर्तन, यी हुन् नयाँ खेलाडी

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा खेलाडी परिवर्तन गरिएको छ । विश्वकप छनोटका लागि सञ्चालन गरिएको बन्द प्रशिक्षणमा समावेश गरिएका ३२ खेलाडीमध्ये नेपाल सुपर लिग समापनपछि ८ खेलाडी परिवर्तन गरिएको हो ।

यही जेठ १५ गते हुने इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि यसै बन्द प्रशिक्षणबाट खेलाडी छनोट हुनेछन् । त्यसपछिका दुई सातामा नेपालले विश्वकप छनोट अन्तर्गतका तीन खेल खेल्नेछ । क्याम्पमा लागि बोलाइएका नयाँ खेलाडीमा अन्य खेलाडीमा आयुष घलान, सुरज ज्यू ठकुरी, कमल थापा, आशिष लामा, सुमन अर्याल र अमित तामाङ, पुजन उपरकोटी र नितिन थापा छन् ।

यसअघि बोलाइएका गोलकिपर विकेश कुथुसहित ८ खेलाडी अहिले बन्द प्रशिक्षणमा सहभागी हुन नपाउने भएका छन् । नेपाल सुपर लिगको उपाधि जितेको काठमाडौं रेजर्सको कुनै खेलाडी पनि क्याम्पमा परेनन् ।

विकेशसंगै काठमाडौंबाट खेलेका तेज तामाङ, छिरिङ गुरुङ र सन्जोग राई यसअघि बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको सूचीमा थिए । यस्तै अजित भण्डारी, त्रिदेव गुरुङ, प्रकाश बुढाथोकी र श्यान्सु भुसाल पनि प्रशिक्षणमा सहभागी हुन नपाउने भएका छन् । श्यान्सु पहिलो पटक क्याम्पका लागि बोलाइएका थिए । उनले नेपाल सुपर लिगमा पनि एफसी चितवनका लागि अन्तिम खेलमा केही मिनेट मात्र खेल्न पाएका थिए ।

फुटबल टिमको बन्द प्रशिक्षणमा ८ खेलाडी परिवर्तन, यी हुन् नयाँ खेलाडी

निषेधाज्ञाका कारण समस्यामा रियालिटी शो

फुटबल टिमको बन्द प्रशिक्षणमा ८ खेलाडी परिवर्तन, यी हुन् नयाँ खेलाडी

वैशाखमा मात्रै चट्याङ्बाट २१ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *