नेप्से परिसूचकले कायम गर्यो ‘अल टाइम हाई रेकर्ड’

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ। आइतबार नेप्से ५४ दशमलव २१ अंक बढेर २७ सय ३८ दशमलव ३० अंकमा बन्द भएको छ। यस दिन नेप्से २ दशमलव शून्य २ प्रतिशत बढ्यो।

यो नेप्से इतिहासमै हालसम्मको उच्च विन्दु हो । यसअघि गत महिना नेप्सेले २७ सय ३५ अंकको अल टाइम हाई रेकर्ड बनाएको थियो। उच्च रेकर्डलाई तोड्दै नेप्सेले नयाँ किर्तिमानी उचाईको विन्दु कायम गरेको हो।

यस्तै आइतबार नेप्से कारोबार रकममा पनि नयाँ रेकर्ड बनेको छ। आइतबार २ सय १४ कम्पनीका २ करोड १३ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ४४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

यस दिन सबै समूहहरुमा हरीयाली छाएको छ। आइतबार बैंकिङ २७, ब्यापार ५१, होटल तथा पर्यटन ३५, विकास बैंक ११२, जलविद्युत ३०, फाइनान्स १६, निर्जीवन बीमा ५८४, उत्पादन ६३, अन्य ४५, माइक्रोफाइनान्स १०३ र जीवन बीमा समूह ५२८ अंकले बढेका छन्। त्यस्तै लगानी समूह २ अंकले बढेको छ।

यस दिन रुरु जलविद्युत परियोजना, शिखर इन्स्योरेन्स, समता माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, सप्तकोसी विकास बैंक, बरुण हाइड्रोपावर र आइएमई जनरल इन्स्योरेन्सको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

यस दिन युनियन हाइड्रोपावरको मूल्य ५ प्रतिशतले घटेको छ। त्यस्तै आँखुखोला जलविद्युतको मूल्य ३.९ प्रतिशतले घटेको छ। कारोबारका आधारमा यस दिन सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचकले कायम गर्यो ‘अल टाइम हाई रेकर्ड’

‘इम्युन सिस्टम स्ट्रोङ छ, यो तहमा संक्रमण

नेप्से परिसूचकले कायम गर्यो ‘अल टाइम हाई रेकर्ड’

नेपाल सरकारलाई ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण

Leave a comment

Your email address will not be published. Required fields are marked *