सल्यान अस्पतालमा स्वास्थ्य सामग्री खरिदमा चरम अनियमितता, छानबिन समिति गठन

सल्यान : जिल्ला अस्पताल सल्यानमा अनियमितता भएको भन्दै छानबिन समिति गठन गरिएको छ । अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेटर जडित मेसिन खरिदमा अनियमितता भएको भन्दै आइतबार छानबिन समिति गठन गरिएको हो। जिल्ला प्रशासन कार्यालय सल्यानमा आइतबार लिखित उजुरी परेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको संयोजकत्वमा कोलेनिका (कोष तथा लेखा नियन्त्रक कार्यालय) का कर्मचारी र शारदा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख र बायोमेडिकल इन्जिनियर सदस्य समितिमा रहेका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताइन्।

दोषी ठहरिए जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने र भुक्तानी पनि रोक्का गरिएको उनले बताइन् । खरिदकर्ताले नै गडबडी गरेको पाइए उक्त कम्पनीलाई कालोसूचीमा राखिने पनि उनले बताइन्।

स्वास्थ्य सेवा कार्यालयले अक्सिजन प्लान्ट ४९ लाख रुपैयाँमा खरिद गरेको जानकारी दिएको थियो। प्लान्ट भनेको अक्सिजन कन्सन्ट्रेटर भएको र अक्सिजन कन्सन्ट्रेटरलाई त्यति धेरै पैसा नपर्ने चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य व्यवस्थापक दशरथ श्रेष्ठले अक्सिजन प्लान्ट भनेर नै टेन्डर आह्वान गरिएको तर कम्पनीले भने अर्कै समान पठाएको बताएका छन् ।

मेसिनको प्राविधिक विषयमा आफूहरूलाई जानकारी नहुने उनको तर्क छ। टेन्डर अनुसारको किन सामान आएन त्यसबारे आफूहरुले खरिदकर्तासँग पनि छलफल गर्ने बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सिपी ओली भने यसबारे जानकारी नभएको भन्दै पन्छिएका छन्। आफू अस्पतालको अध्यक्ष भए पनि टेन्डर आह्वानदेखि खरिद प्रक्रियासम्म संलग्न नभएको उनको भनाइ छ ।

सामान खरिद गर्दा आफूसँग एक वचन पनि नसोधेको उनको गुनासो छ। स्वास्थ्य सेवा कार्यालय सल्यानमा गत मंसिरमा आह्वान गरेको टेन्डरमा ड्रायोजन मेडिटेक प्रालि. सुर्खेतले ठेक्का पाएको थियो।

दीपक शर्मा/थाहाखबर

सल्यान अस्पतालमा स्वास्थ्य सामग्री खरिदमा चरम अनियमितता, छानबिन समिति गठन

एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

सल्यान अस्पतालमा स्वास्थ्य सामग्री खरिदमा चरम अनियमितता, छानबिन समिति गठन

घुँयत्राे : प्रदेश अस्पतालकाे सुचना र कर्णाली

Leave a comment

Your email address will not be published. Required fields are marked *