एनएसएल सुपर लिग : पहिलो हाफमा काठमाडौं १–० ले अगाडि

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार जारी फाइनल खेलको पहिलो हाफमा काठमाडौंले १–० को अग्रता कायम गरेको छ।

त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा जारी खेलको पहिलो हाफमा काठमाडौंले धनगढी विरुद्ध १ गोल गर्दै अग्रता बनाएको हो। खेलको २२ औं मिनेटमा काठमाडौंका मेसुके ओलुमेउले गोल गर्दै अग्रता बनाए ।

उनी लिगको सर्वाधिक गोलकर्ता पनि हुन्। यससँगै मेसुकेले जारी लिगमा आठ गोल गरिसकेका छन्। प्रतियोगितामा धनगढीले यस अघि क्वालिफायरमा काठमाडौंलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। प्रतियोगिताको दोस्रो हाप पनि सुरु भएको छ ।

एनएसएल सुपर लिग : पहिलो हाफमा काठमाडौं १–० ले अगाडि

चीनबाट १८ हजार अक्सिजन सिलिन्डर नेपाल आइपुग्याे

एनएसएल सुपर लिग : पहिलो हाफमा काठमाडौं १–० ले अगाडि

नेपाल सुपर लिग : काठमाडौं बन्यो पहिलो

Leave a comment

Your email address will not be published. Required fields are marked *