११ वर्षको उमेरमा ओबामासँग अन्तरवार्ता लिएका बाल पत्रकारको निधन

एजेन्सी । पूर्व राष्ट्रपति बाराक ओबामाको अन्तर्वार्ता लिएका र तत्कालिन समयमा चर्चामा आएका बाल पत्रकारको निधन भएको छ।
उनले ११ वर्षको उमेरमा अगस्त २००९ मा अमेरिकी राष्ट्रपति ओबामासँग १० मिनेट अन्तर्वार्ता लिएका थिए ।
उनले ओबामा राष्ट्रपति भएको बेला ह्वाइट हाउसमा अन्तर्वार्ता लिएका थिए । उनको २३ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गत मे १ का दिन बाल पत्रकार डेमोन वेभरको निधन भएको उनकी दिदीले जानकारी दिएकी छन् । प्राकृतिक कारणले ज्यान गएको बताइए पनि कारण खुलाइएको छैन् ।
उनि जर्जियाको अल्बानी स्टेट युनिभर्सिटी मा सञ्चार विषयमा अध्ययरत थिए ।






