मीडियाका कार्यालय भवनमा बम बर्साएपछि इजरायललाई अमेरिकाको चेतावनी

एजेन्सी । इजरायलले गाजापट्टीमा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका कार्यालय रहेको भवनमाथि बम बर्साएपछि अमेरिकाले चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता जेन साकीले ट्वीटरमा लेखेकी छिन्, ‘हामीले इजरायललाई पत्रकार र स्वतन्त्र मीडियाको सुरक्षा सुनिश्चितता गर्न उसको प्रमुख भूमिका रहेको बताएका छौँ।’

शनिबार इजरायलले गाजास्थित एक बहुतल्ले भवनमा बम बर्साएको थियो। सो भवनमा कयौँ विदेशी मीडियाका कार्यालय थिए। सो हमलामा भएको मानवीय हताहतीबारे अहिलेसम्म विस्तृत जानकारी प्राप्त भएको छैन।

अल जजीराका कार्यवाहक महानिर्देशक डा. मुस्तफा स्वेगले गाजाको अल–जाला टावरमा हमला भएको र त्यहाँ अल जजीरा लगायत अन्य कयौँ अन्तरराष्ट्रिय मीडियाको कार्यालय रहेको बताएका छन्।

साथै, मीडियाका कार्यालय रहेको भवनमा बम बर्साउनु मानव अधिकारको उल्लंघन र अन्तरराष्ट्रिय स्तरमै युद्ध अपराध भएको उनले उल्लेख गरेका छन् ।

मीडियाका कार्यालय भवनमा बम बर्साएपछि इजरायललाई अमेरिकाको चेतावनी

प्रेसको ज्याकेट लगाएर लागु औषध तस्करी गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *