जोगीयाे कर्णालीका मुख्यमन्त्री शाहीको पद

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार जोगिएको हो ।

३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो ।

तर मुख्यमन्त्री शाहीले २२ मत पाए । प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् ।

त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।

जोगीयाे कर्णालीका मुख्यमन्त्री शाहीको पद

बल्ल बल्ल अंकगणित मिलाएर आयो

जोगीयाे कर्णालीका मुख्यमन्त्री शाहीको पद

YUGAAWHAN NATIONAL DAILY (2078-01-04)

Leave a comment

Your email address will not be published. Required fields are marked *