लेकबेशीमा नेपालकै पहिलो हाइटेक नर्सरी

सुर्खेत ।  सुर्खेतको लेकबेँशी नगरपालिकामा नेपालकै पहिलो उच्च प्रविधिको हाइटेक नर्सरी उद्घाटन गरिएको छ । करिब १ करोड रुपैयाँ लगानीमा वडा नम्बर ३ मा निर्माण भएको नर्सरीको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले उद्घाटन गरिन् ।

नर्सरीमा विभिन्न आधुनिक प्रजातिका बिउबिजन उत्पादन गरिनेछ । पारिजात कृषि सहकारी संस्थाकोे अगुवाइमा निर्माण गरिएकोे उक्त नर्सरी नेपालकै पहिलो नर्सरी भएको बताइएको छ । लेकबेँसी नगरपालिका, कर्णाली प्रदेश सरकार र पारिजात कृषि सहकारीको साझेदारीमा नर्सरी निर्माण भएको सहकारीका अध्यक्ष खड्गबहादुर घर्तीले जानकारी दिए ।

कार्यक्रममा मन्त्री केसीले अर्गानिक कर्णाली र समृद्ध कर्णाली बनाउन प्रतिबद्ध रहेको बताइन् । समृद्ध कृषि प्रणालीको विकासका लागि यो योजना सार्थक भएको उनले दाबी गरिन् । कार्यक्रममा लेकबेँसी नगरपालिका प्रमुख गगनसिं सुनारले नर्सरीमा आधुनिक प्रजातिका बिउबिजन उत्पादन गरी निर्यात गर्ने योजना रहेको जानकारी दिए ।

तीन वर्षदेखि निर्माणधीन अवस्थामा रहेको नर्सरी हालै सम्पन्न भएको हो । लेकबेँसी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेलले पालिका स्तरमा ठूल्ठूला संरचना निर्माणमा प्रदेश, केन्द्र सरकार र विभिन्न गैरसरकारी संस्थाको साझेदारीमा काम भइरहेको बताइन् ।

लेकबेशीमा नेपालकै पहिलो हाइटेक नर्सरी

मुख्यमन्त्री महेन्द्रबहादु शाहीले मागे विश्वासको मत

लेकबेशीमा नेपालकै पहिलो हाइटेक नर्सरी

रोग, भोक र अविकास मात्रै कर्णालीको प्रतिपक्ष

Leave a comment

Your email address will not be published. Required fields are marked *