सशस्त्र आक्रमणमा चार सैनिकको मृत्यु, १४ जना घाइते

एजेन्सी :  दक्षिणपश्चिम मालीमा भएको आतङ्कवादी हमलामा चार सैनिकको मृत्यु हुनाको साथै एक दर्जनभन्दा बढी घाइते भएको सेनाले जनाएको छ।

सशस्त्र आतङ्ककारीहरूको समूहले आइतबार दिउँसो कौलिकोरो क्षेत्रमा स्थित सुरक्षा चौकीमा आक्रमण गरेको माली सशस्त्र बल (एफएएमए) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।

प्रारम्भिक अनुसन्धानअनुसार चार सैनिक मारिएका छन् भने अन्य १४ जना घाइते भएका छन् । त्यसैगरी आक्रमणकारी तर्फ छ जना मारिएका छन् । घाइते सैनिकहरू मध्ये तीन जनालाई हेलिकप्टरद्वारा घटनास्थलबाट बाहिर निकालिएको छ।

सशस्त्र आक्रमणमा चार सैनिकको मृत्यु, १४ जना घाइते

प्रधानन्यायाधीशद्वारा बारलाई वार्तामा आउन आह्वान

सशस्त्र आक्रमणमा चार सैनिकको मृत्यु, १४ जना घाइते

चालक अनुमतिपत्रका लागि आवेदन दिन तीन सातामा

Leave a comment

Your email address will not be published. Required fields are marked *