एमाले संसदीय दलको बैठक भोलि बस्ने

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक भोलि बस्ने भएको छ। एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा नयाँबानेश्वरस्थित व्यवस्थापिका संसद कक्षमा भोलि दिउँसो ३ बजे दलको बैठक बस्न लागेको हो।

भोलिको बैठकमा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको विषयमा समेत छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको जनाएको छ। सरकारले साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरिसकेको छ।

एमाले संसदीय दलको बैठक भोलि बस्ने

हड्डी टुटे, ५ लाख किलोमिटर घुमे :

एमाले संसदीय दलको बैठक भोलि बस्ने

YUGAAWHAN NATIONAL DAILY (2078-04-01)

Leave a comment

Your email address will not be published. Required fields are marked *