मन्त्रीको टुंगो लगाउन पौडेल पक्षको बैठक सुरु

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहको बैठक सुरु भएको छ।

महामन्त्री शशांक कोइरालाको निवासमा महाराजगंजमा बैठकले भर्खरै सुरु भएको हो। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार पौडेल समूहबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने विषयमा छलफल भइरहेको छ।

नेता पौडेल पक्षबाट मन्त्री बन्न थुप्रैले आकांक्षा राखेको बुझिएको छ। ‘मन्त्रीका आकांक्षीहरु धेरै छौं, छलफलबाट हेरौं क–कसलाई सरकारमा पठाउने सहमति हुन्छ’ ति केन्द्रीय सदस्यले भने। मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेसका सभापति देउवाले सोही दिन पाँच सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए।

कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह मन्त्रालय र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ। सरकारमा सहभागी माओवादीका दुई जना मन्त्रीमध्ये जनार्दन शर्माले अर्थ तथा पम्फा भुषालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

अन्य मन्त्रालय प्रधानमन्त्री देउवाले आफैंसँग राखेका छन्। देउवाले पौडेल पक्षबाट मन्त्री बन्नेहरुको नामावली मागेको बुझिएको छ।

मन्त्रीको टुंगो लगाउन पौडेल पक्षको बैठक सुरु

‘राखी’मा संजय र शाहरुख पहिलो पटक एकसाथ

मन्त्रीको टुंगो लगाउन पौडेल पक्षको बैठक सुरु

यो वर्ष होला त सौगात र सृष्टिको

Leave a comment

Your email address will not be published. Required fields are marked *