रातो मच्छिन्द्रनाथको रथ तानियो

काठमाडौं । कोरोना महामारीका बीच पनि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ।

कोरोना संक्रमणको जोखिम बढे पछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिने छ। रथमा राखिएका मच्छिन्द्रनाथको बिहानको नित्य पूजा पछि हल्लाइएको थियो भने अपरान्ह रथ तानिएको हो ।

गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ ६ बजेर १७ मिनेटमा करुणामय पनि मानिने मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो । यस वर्ष कोरोना महामारीका कारण भीडभाड गर्न र बढी मानिस जम्मा हुन नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेसम्मका लागि विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र समेत तोकेको छ ।

रातो मच्छिन्द्रनाथको रथ तानियो

एथ्लेटिकोमाथि रियलको दबाब कायम

रातो मच्छिन्द्रनाथको रथ तानियो

दैनिक एक हजार सिलिण्डर अक्सिजन भर्ने प्लान्टको

Leave a comment

Your email address will not be published. Required fields are marked *