महन्थ ठाकुर र राजेन्द्र महतोलाई कारबाही तत्कालै हुन्छ : यादव

काठमाडौं : जनता समाजवादी पार्टी जसपा नेपालका सांसद रामबाबु यादवले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई कारबाही हुने बताएका छन् । उनीहरुले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने यादवले बताए ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि महतोलाई संसदीय दलको नेता विधान विपरित बनाइएको बताए।

‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ।’ उनले भने, ‘संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन।’

सांसद यादवले ठाकुर–महतो पक्षले आफुहरुलाई विधानभन्दा माथि बुझ्ने गरेको पनि आरोप लगाए। संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरि प्रचार गरिएको भन्दै उनले विधान विपरित गर्नेलाई कारबाही गरिने पनि बताए । ‘विधानभन्दा तलमाथि जो गर्छ, त्यसलाई कारबाही हुन्छ। उनले भने, कारबाही हुनेबित्तिकै बस्न इच्छा लाग्छ कारबाही स्वीकारेर बस्छ। बस्न इच्छा लागेन भने बाहिर जान्छ ।’

महन्थ ठाकुर र राजेन्द्र महतोलाई कारबाही तत्कालै हुन्छ : यादव

कर्णालीलाई अब जुम्लाको भर

महन्थ ठाकुर र राजेन्द्र महतोलाई कारबाही तत्कालै हुन्छ : यादव

कोरोनाले १८७ जनाको मृत्यु, ५ हजारबढी संक्रमणमुक्त

Leave a comment

Your email address will not be published. Required fields are marked *