संसद हटाओ बबाल, यो ओलीको बोलीनै संसद हो भनेर निर्णय ठोक्ने जुन बानी छ…
संसद हटाओ बबाल, यो ओलीको बोलीनै संसद हो भनेर निर्णय ठोक्ने जुन बानी छ । त्यो नेपाली राजनीतियाँ बहुत स्वाछ के ! संसदबाट विश्वासको मत पाउनु अघि कतै दलहरु मिलेर रँडाको मच्चाइ हाले भने नि यिन्ले केही खुइल्याउन नसकून भनेर अध्यादेश ल्याएर विभिन्न संवैधानिक आयोगाँ एक्कैपटक एक्काईस जना नियुक्ति गरेर आयोगाँ आफ्ना मान्छे भर्ने जुन निर्णय भो, त्यहीबाटै मान्छे ले अनुमान गर्याथेकी, यो झापाली बाहुनको चर्तिकला बुझि नसक्नुछ भनेर ।
त्यसो त मेरो विरुद्धदाँ अविश्वासको प्रस्ताव ल्याओ भनेर दुस्मनलाई दम्काउँदै नै गर्ने, अनि अवश्वास प्रस्ताव ल्याउन नसकेछि फेरि आँफ्फैले दुस्मनहरुलाई चटक्कै मुल सडकाँ छोडेर चुनावाँ जान्छु भनेर आँफैले सदनाँ विश्वासको मत लिन्छु भनेर उर्दी जारी गरेर अरु दललाई तीन दिनको समयदेर आफ्नै पार्टीका माकुन्या बगाललाई पहिला विज्ञप्ती जारी गरेर तर्साउने ।
त्यसपछि फेरि कारबाही फुक्का गरेर अश्याउने अनि अरुसित मिलेर सरकार बनाउने अबस्थै नआओस भनेर पार्टीको विवाद एउटा कार्यदल बनाएर समाप्त गर्ने भनेर दुस्मनहरुलाई मख्खै पार्देछि विचरा अरुले काँट सरकार बनाउने ? धन्न ओलीबा तिम्ले कोरोनालाई परास्त गर्ने भन्दा नी आफ्ना राजनीतिक दुष्मनलाई परास्त गरेछि जनता भन्ने कुरा त जति बाँच्छन् त्यतिले भोट दे त फेरि नी २÷३ ल्याउन सकिन्छ भनेर जुन रणनीति ल्याउनु भो, त्यो नै अरुका लागि पाठ र ओलीको लागि विजय हो के !
सरकारबाहेक सारन जनता, दल, डाक्टर, पत्रकार, मजदुर, किसान वकिल, विद्यार्थी सब एकातिर भएर सरकारले कोरोनामा ध्यान देओस् भनेर माग गर्ने । तर तपाईं एक्लै ले पहिला राजनीतिक दुष्मनलाई सिध्याउने त्यसपछि मात्रै अरु कुरा गर्ने भनेर जुन अडानका साथ अघि बढनु भो र राष्ट्रपतिले नी निस्फिक्ररुपाँ तपाइँलाई साथ दिनु भो ।
त्यसले तपाईं भख्खर मात्रै दुरदर्शि हैन कि विद्यालाई राष्टपति बनाउने र आँफूले देश हाँक्ने त्यसाँ जुन जुनबेला राष्टपतिको साथ चाइन्छ, त्यो बेला पाइन्छ भनेर जुन निर्णय गर्नु भो त्यो नै दुरदर्शिता हो भन्छु म त । देशाँ बहुमतको सरकार खाएर फेरि सबभन्दा ठूलो दलको सरखारनि खाने जुन अबसर आ छ ।
यो निर्विकल्प चलाउने कुराँ तपाइँलाई कसैले दुवा दिनुपर्ने छैन । दुस्मन जति सबैको सर्वनास गरेर तपाईं जब कान्तिपुरीको गद्दिनसिन हुनु हुँदैछ । अब तपाइले राज्य, रामराज्य हुने गरेर चलाए नी रावण राज्य हुने गरेर चलाए नि कसैले किन यसो गरिस भन्ने हैसियत राख्दैन । अब तपाइँले आफ्नो हैसियत आँफै राख्ने हो । जनता “हँसाय“ र राख्ने हो कि जनता “मराएर “त्यो तपाइँको विचार ?
वेदर्षि