चीनमा आँधीबेहरी चल्दा सात जनाको मृत्यु, २०० जना घाइते

एजेन्सी । मध्य र पूर्वी चीनमा चलेको दुईवटा आँधीबेहरीमा कम्तिमा सात व्यक्तिको ज्यान गएको छ भने २०० भन्दा धेरै मानिस घाइते भएका छन्‌।

वुहान सरकारले त्यहाँ ६ जना व्यक्तिको मृत्यु भएको र २१८ जना घाइते भएको जानकारी दिएको छ। यही शहरमा सन् २०१९ को अन्त्यतिर कोरोना भाइरसको पहिलो मामिला भेटिएको थियो।

प्रतिघण्टा ८६ किलोमिटर गतिमा चलेको आँधीबेहरीले निर्माणस्थल र रूखबिरूवामा धेरै क्षति पुर्‍याएको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्‌।

​वुहानअघि जियाङ्सु प्रान्तको सेङ्‌गाजे शहरमा पनि आँधीबेहरी चलेको थियो। सो आँधीबेहरीमा एक जनाको मृत्यु र २१ जना घाइते भएका प्रान्तका अधिकारीहरूले जानकारी दिएका छन्‌।

चीनमा आँधीबेहरी चल्दा सात जनाको मृत्यु, २०० जना घाइते

चीनकाे जुरोङ रोभर मंगलग्रहमा सफल अवतरण

चीनमा आँधीबेहरी चल्दा सात जनाको मृत्यु, २०० जना घाइते

इजरायलविरुद्ध मुस्लिम देशहरू एकजुट होऔँ : महाथिर

Leave a comment

Your email address will not be published. Required fields are marked *