जापानका थप तीन राज्यलाई स्वास्थ्य संकट क्षेत्र घोषणा

एजेन्सी । जापानले कोभिड–१९ वृद्धि भएको भन्दै थप तीन राज्यमा स्वास्थ्य संकट क्षेत्रका रूपमा विस्तार गरेको छ ।

जापानी प्रधानमन्त्री योशीहिदा सुगाले शुक्रबार होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य संकट बिस्तार गर्ने घोषणा गरेका हुन्‌।

सरकारले यसअघि टोकियो, ओसाका, ह्योगो र क्योटोमा स्वास्थ्य संकटको अवस्था मे अन्त्यसम्मका लागि विस्तार गरेको छ र यसलाई आइची र फुकुओका क्षेत्रमा पनि विस्तार गर्ने बताएको छ।

यसैबीच, सरकारले गुन्मा, इशिकावा र कुमामोटो प्रान्तहरूमा स्वास्थ्य क्षेत्रमा अर्ध–संकटकाल विस्तार गर्ने पनि प्रधानमन्त्री सुगाले बताए।

स्वास्थ्य कार्यदलको बैठकमा सुगाले भने, ‘होक्काइडो, ओकायामा र हिरोशिमामा सङ्क्रमण बढेका कारण यहाँ कडा प्रतिबन्ध लगाउनुपर्ने देखिएको छ।’

यहाँ आइतबारदेखि मे ३१ सम्म मद्यपान गर्न र रेष्टुराँहरूमा प्रतिबन्ध लगाइएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *