कर्णाली प्रदेश अस्पतालले कोरोना संक्रमित भर्ना नलिने
सुर्खेत । कर्णाली प्रदेश सरकार मातहतमा रहेको प्रदेश अस्पतालले थप कोरोना संक्रमितलाई भर्ना नलिने जनाएको छ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काले सूचना जारी गरी अस्पतालमा कोरोना संक्रमितलाई भर्ना लिन नसक्ने जनाएका छन् । नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण संक्रमित भर्ना गर्न नसकिने उनले बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले महामारीको समयमा बिरामीको उपचारमा व्यवस्था मिलाउनुको सट्टा अस्पतालले भर्ना लिन नसक्नु प्रदेश सरकारको असक्षमताको पराकाष्ठा भएको आरोप लगाएका छन् । नेता कँडेलले सरकारको ध्यान नागरिकलाई महामारीबाट बचाउनेतर्फ केन्द्रित नभएको दाबी गरेका छन् ।
‘अहिलेको महामारीको बीचमा अस्पताललाई यस्तो सूचना सार्वजनिक गर्नुपर्ने स्थितिमा पु¥याउनु सम्बन्धित जिम्मेवार निकायको असक्षमताको पराकाष्ठा नै हो। प्रदेश सरकारसँग श्रोतको अभाव छैन,’ उनले भने, ‘संघीय सरकारसँग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व पनि प्रदेश सरकारको नै हो।’
https://www.facebook.com/yamlal.kandel.9/posts/4229282007096043