राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा यस्ता कार्यक्रमका लागि विद्यालय छनोट (विद्यालयको विस्तृत विवरण सहित)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ४ हजार २५० विद्यालयलाई छनौट गरी रकम बाँडफाँड गरेको छ ।कार्यक्रमका लागि प्रदान गरिएको बजेट सम्बन्धित स्थानीय तहमार्फत् केही समयभित्रै विद्यालयलाई प्रदान गरिने केन्द्रले जानकारी दियो ।
सरकारले चालु शैक्षिक सत्रमा नै योजना सम्पन्न गर्नेगरी आर्थिक वर्ष २०७७-०७८ मा नै कुल बजेटबाट५ अर्ब ६ करोड रुपियाँ विभिन्न कार्यक्रमका लागि बाडँफाडँ गरेको छ । छनोटमा परेका विद्यालयलाई १ करोड देखि ६ लाख ५० हजार रुपियाँसम्म उपलब्ध गराएको छ ।

शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले कार्यक्रममा भवन निर्माण, बालविकास केन्द्र निर्माण, तला थप, ट्रस्ट बिल्डिङ्ग, भवन रेट्रोफिटिङ्ग ,शौचालय निर्माण, छात्रा शौचालय निर्माण, खानेपानी तथा सरसफाइ सुविधा, सिकाइ सामाग्री÷शैक्षिक सामाग्री, कम्प्युटर व्यवस्था, विज्ञान प्रयोगशाला, पुस्तकालय विकास लाई शैक्षिक सामाग्री अन्तरगतस सोलार प्यानल, इन्टरनेट व्यवस्था, अन्तरक्रियात्मक बोर्ड, स्मार्टबोर्ड, प्रोजेक्टर, अनलाइन अफलाइन सामाग्रीको विकास, गुणस्तरीय शिक्षाका लागि नविन प्रविधि लगायत प्राथमिकताको आधारमा बजेट विनीयोजना गरिएको जानकारी दिए ।
राष्ट्रपति कार्यालयमा दर्ता भइ प्रधानमन्त्री कार्यालयमार्फत प्राप्त आवेदन १८ वटा, सूचना अवधिमा राष्ट्रपति कार्यालयमा दर्ता भएका थप १ सय १ विद्यालय र तोकिएको समयसीमा भित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेवसाइटमार्फत ५ हजार ५ सय ५७ विद्यालय र मन्त्रालयमा दर्ता गराएका १ हजार ३ सय ४५ विद्यालयहरू गरी ६ हजार ९ सय २१ विद्यालयहरूबाट कुल १४ अर्व ३५ करोड १९ लाख बराबरको विभिन्न कार्यक्रमहरुको लागि लागि आवेदन प्राप्त भएको थियो । तर मन्त्रालयले ५ अर्ब को बजेट अनुसार ४ हजार २ सय ५० विद्यालयलाई छनौट गरेको थियो ।
मन्त्रालयले शिक्षामा प्रविधिको प्रयोगको लागि पुर्वाधार विकास गर्न – डाटा सेन्टर स्थापना, राष्ट्रपतिको कार्यालयमा आवेदन परेका १६ विद्यालय,राष्ट्रपतिको कार्यालयमा आवेदन परेका अन्य विद्यालय, आगलागीबाट प्रभावित ताप्लेजुङका २ र तेह्थुमका गरी ३ विद्यालय भवन निर्माण,एचआइभि सङ्क्रमितहरू अध्ययन गर्ने सामुदायिक विद्यालय,अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने शिक्षण संस्था छनौटमा परेका छन् ।
मन्त्रालयले भौतिक पूर्वाधार विकास, मर्मत तथा संरक्षणका लागि ड्रईङ डिजाईन, लागत अनुमान लागत अधिकतम सीमा २५ लाख भन्दा बढी भएकोमा औचित्यता समेत हेरी छनोट गरिएको जनाएको छ ।
यसरी छनौट गर्दा विद्यालय प्रबलीकरण (रेट्रो फिटिङ) कार्यका लागि प्राप्त प्रस्तावहरु तथा लागत साझेदारीका लागि प्राप्त प्रस्तावहरुलाई प्राथमिकतामा राखिएको छ । विद्यालयमा हाल अध्ययनरत विद्यार्थी संख्या, शिक्षक संख्या, भौतिक पूर्वाधार आदि विवरणहरुको समेत अध्ययन विश्लेषण गरिएको छ ।

विद्यालय भवन निर्माणको लागि न्युनतम दुइ कोठा र अधिकतम ४ कोठा सम्म प्रति दुइ कोठाको लागि १८ लाखको अनुदान उपलव्ध गराएको छ । त्यसैगरी प्रारम्भिक बालविकास, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला, पुस्तकालयका लागि भवन निर्माणका गर्न एक ब्लक (दुइ कोठा) बरावरको अनुदान १८ लाख अनुदान उपलव्ध गराएको छ । शौचालयको लागि प्रस्ताव पेश गर्ने विद्यालयहरुलाई प्रति विद्यालय ७ लाख अनुदान उपलव्ध गराइनेछ । त्यसै गरी खानेपानी माग गर्ने विद्यालयहरुको लागि पनि प्रति विद्यालय रु ७ लाख अनुदान उपलव्ध गराएको छ ।
शैक्षिक सामग्री व्यवस्थापन अन्तरगत शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगका कम्प्युटर खरिदका लागि प्रति कम्प्युटर ५० हजार, १० वटा कम्प्युटरको लागि र ल्यावको फर्निसिङका लागि प्रति विद्यालय रु १ लाख ५० हजार गरी ६लाख ५० हजार र गुणस्तरीय शिक्षाका लागि शिक्षण सिकाइमा नविनतम प्रविधिको प्रयोग सम्बन्धी विषयमा प्रस्ताव पेश गर्ने विद्यालयहका लागि अधिकतम ६ लाख ५० हजार दरले सो भन्दा कम प्रस्ताव माग गर्ने विद्यालयलाई माग अनुसारको अनुदान उपलव्ध गराएको छ ।
विज्ञान प्रयोगशाला सामग्री र पुस्तकालय सामाग्रीको लागि आवेदन गरेका माध्यमिक विद्यालयहरूका लागि पनि प्रति विद्यालय ६ लाख ५० हजारका दरले अनुदान उपलव्ध गराएको छ ।
दैलेखका ८८ विद्यालय छनौट
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दैलेखका ८८ वटा विद्यालय छनौटमा परेका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दैलेखका ८८ वटा सामुदायिक विद्यालय छनौट गरेको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन सम्बन्धि जारी सूचनाको विवरण अनुसार दैलेखका ११ वटा स्थानीय तहका ८८ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका हुन् ।
विवरणमा उल्लेख भए अनुसार नारायण नगरपालिकाका रेडक्रस मावी भुर्ती, सरस्वती मावी तर्ताङ्ग, नेरा मावी कालिकाटी, नेरा मावी कालिकाटी, जनजागृती आवी प्यूसे, जनजागृती आवी प्यूसे गरी ७ वटा, दुल्लु नगरपालिकाका पञ्चकोशी बहुप्राविधिक शिक्षालय दुल्लु, पञ्चकोशी बहुप्राविधिक शिक्षालय दुल्लु, विजया मावी दुल्लु, नरेश्वर उद्यमशिल विद्यालय, नेरा मावी किर्तिखम्ब, महेन्द्र जयदेव मावी, भानेश्वर मावी, प्रेमदेबी मावी, पञ्चकोशी ज्वाला मावी, कालिका देवी मावी, नेरा मावी लेखालगाउँ, महादेव आवी, नेरा आवी, नवदुर्गा आवी, भैरब आवी, लक्ष्मी आवी, शान्ति सृजना आवी गरी १७ वटा सामुदायिक विद्यालय छनोटमा परेका छन् ।
आठबीस नगरपालिकाका नेरा आवी जाक्सी, कालिका मावी सिंहासैन, लक्ष्मी मावी सात्तला, गणेश मावी रोल, जनज्योती मावी राकमकर्णाली, बण्डाली आवी विष्टगाउँ, पशुपती मावी छेपाडी गरी ७ वटा, चामुण्डाविन्द्रासैनी नगरपालिकाका जनजागृती आवी कोहोलपर, देउती आवी वनाडा, धर्मदेव मावी आयरपाटा, विन्द्रासैनी मावी विन्द्रासैनी, नवजोती आवी रोशनीडाँडा, भैरब मावी डौंसुर, पञ्चकोशी आवी चाँफाकोट, आनन्द मावी चाँपागाउँ, कर्णाली आवी पालेतडा, लोक कल्याण आवी रिङरोड, जनता मावी मष्टमाडु, खापर प्रावी बस्तेकोट, चामुण्डा मावी हाडाकोट गरी १३ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन् ।
यस्तै गुराँस गाउँपालिकाका कृष्ण मावी सानाकाँडा, पार्वती मावी गोगनपानी, जयजनता मावी जोरेबाँझ, नेरा मावी बगौराचौर, लक्ष्मी आवी झुझ गरी ५, डुङ्गेश्वर गाउँपालिकाका जनकल्याण मावी सेर्माकोट, सिता जनसहयोग मावी अवलपराजुल, सिता जनसहयोग मावी अवलपराजुल, पिपलचौतारा मावी डाडापराजुल, नेरा आवी पाङकोट गरी ५ वटा विद्यालय उक्त कार्यक्रमका लागि छनौटमा परेका हुन् ।
त्यसैगरी भैरबी गाउँपालिकाका पञ्चदेवल मावी रावतकोट र भगवती आवी कुसापानी गरी २, भगवतीमाई गाउँपालिकाका भगवती मावी तुर्सु, लक्ष्मी प्रावी पैयागाउँ, जनता मावी रुम, मष्टा प्रावी धाराडाँडा, आदर्श आवी सानीगाउँ, नेरा पिपल आवी चिपिन, कालिका मावी डौरीमन्घर, सरस्वती मावी गन्म, लक्ष्मी प्रावि रुमी, जनता प्रावी चिपिनतडा, सरस्वती मावी गन्म, मष्टा प्रावी धाराडाँडा, खड्गदेवी आवी मेहेल्तोली, खड्गदेवी आवी मेहेल्तोली गरी १४ वटा विद्यालय छनौटमा परेको छन् ।
यस्तै नौमूले गाउँपालिकाका भैरब मावी नौमूले, भैरब मावी नौमूले, नेरा आवी ठानडाँडा चौराठा, नेरा आवी ठानडाँडा चौराठा, शिवशक्ति मावी नौमूले–६ गरी ५ वटा, महाबु गाउँपालिकाका भैरब मावी रानीवन, गैडाबाँज मावी, गैडाबाँज मावी, जगदिस मावी, शिव हिमालय प्रावी, मालिका मावी महाबु–३, मालिका मावी महाब –३, कालिका मावी टाकुरी गरी ८ र ठाटीकाँध गाउँपालिकाका जन आवी, धर्मभक्त आवी, सत्यदेवी आवी, बालकल्याण आवी, भवानी मावी बाहाँकोट गरी ५ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनौट गरि मापदण्डहरु समेत सार्वजनिक गरेको छ ।छनौट भएका विद्यालय र कार्यक्रमहरु सबै स्थानीय तह र विद्यालयले कार्यन्वयन गर्नुपर्नेछ । सो कार्यक्रममा छनौट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ । छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।






