नेकपा अध्यक्ष नेपाल सुर्खेत आउँदै

सुर्खेत, २ माघ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूह सुर्खेतले आगामी माघ ८ गते आयोजना हुने वृहत जनसभाको तयारी सुरु गरेको छ । प्रचार प्रसार कमिटीका संयोजक कृष्णबहादुर जिसीका अनुसार उक्त कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथीका रुपमा उपस्थित हुनेछन् ।
सभामा सहभागि बनाउनका लागि पार्टीको वडा कमिटी, नगर कमिटी, विभिन्न जनवर्गीय संगठनहरुलाई हामीले आवश्यक निर्देशन दिइसकेका छौं । उनले भने, पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला तहमा पनि विभिन्न समिति बनाई व्यापक जनसहभागिता गराउने तयारी गरेका छौं ।
अर्का नेता मोहन बडुवालका अनुसार मंगलगढी चोकमा डिस्प्ले राख्ने, माइकिंग टोली निर्माण गर्ने, कार्यक्रममा सहभागिता बढाउनका लागि कार्यकर्ता परिचालन गर्ने निर्णय जिल्ला कमिटी सुर्खेतले गरेको बताए । उनले कार्यक्रम पिपलचौतारामा गर्ने तयारी भइरहेको जानकारी दिए ।






