असुरक्षित भएको भन्दै कर्मचारीले मागे सामूहिक सरुवा

सुर्खेत, २९ पौष ।
जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कार्यरत सबै कर्मचारीले सामूहिक सरुवाको माग गरेका छन्। आफूहरूको सुरक्षाको ग्यारेन्टी नभएको भन्दै उनीहरूले सामूहिक सरुवाको माग गरेका हुन् । कर्मचारीले सामूहिक सरुवाको माग गर्दै गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

‘दैनिक धम्की आउँछ, हाम्रो सुरक्षाको ग्यारेन्टी छैन’ प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले भने, ‘मैंले पहिले नै सरुवा मागेको थिएँ, अहिले साथीहरूले पनि माग्नु भएको छ ।’ आइतबार राती मात्रै प्रशासकीय अधिकृतलाई छेडागाड नगरपालिका–६ का कृष्णबहादुर खड्का र जुनीचाँदे गाउँपालिका–१० का प्रेमबहादुर शाहीले क्वाटरमै आएर धम्काएका थिए ।

कर्मचारीहरूले धम्की दिनेलाई कारबाही गर्न पनि माग गरेका छन् । ज्ञापनपत्रमा शान्तिपूर्ण वातावरण नभएसम्म अत्यावश्यक बाहेकका सेवा दिन नसकिने पनि उल्लेख गरिएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले कार्यालयमा शान्तिपूर्ण वातावरण मिलाउने र कर्मचारीलाई काममा फर्कन आग्रह गरिएको बताएका छन् ।

असुरक्षित भएको भन्दै कर्मचारीले मागे सामूहिक सरुवा

मने, निश्चित रुपमा …

Leave a comment

Your email address will not be published. Required fields are marked *