प्रतितोला १०० ले बढ्यो सुनको मूल्य

नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज  सुन  बढेको बताएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपैयाँ छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार १५० रुपैयाँ थियो । सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ ।  महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतितोला ११ सय ७५ रुपैयाँ पुगेको छ ।

प्रतितोला १०० ले बढ्यो सुनको मूल्य

कर्णाली नदीमा डुंगा पल्टिदा एक बेपत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *