मनकला हत्या प्रकरण : जेठाजु र जेठानी पक्राउ

सुर्खेत– रुकुमपश्चिमको त्रिवेणि गाउँपालिका ४ की २६ वर्षिया मनकला खत्री खड्काको हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मनकलाका माइला जेठाजु र जेठानी छन् । उनीहरु हत्याको आरोप स्वीकार गरेका १५ र ११ बर्षिय नाबालकका आमाबुवा हुन् ।

साउन ११ गते भैसीलाई घाँस हाल्न गोठमा गएकी मनकलाको मकै बारीमा हत्या भएको थियो । हत्याको आरोप प्रहरीले १२ गते नावालक र उनका बुवालाई पक्राउ गरेको थियो । नावालकहरुले हत्या स्विकार गरेपछि उनका बुवालाई तारेखमा छोडिएको थियो ।

तर मृतक मनकलाका माइती पक्षले आरोपी नाबालकका आमा बुवाका नाममा जाहेरी दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको रुकुमपश्चिमका डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । ‘नावालकका आमा र बुवालाई नियन्त्रणमा लिएका छौँ’ डीएसपी श्रेष्ठले भने, ‘पक्राउ परेका मनकलाका सहोदर जेठाजु र जेठानी हुन् ।’

घटना भएको दुई हप्ता भइसक्दा पनि हत्याका मुख्य योजनाकार पहिचान हुन सकेको छैन । ‘घटना अनुसन्धानमै छ, ल्यावबाट केही रिपोर्ट आउन बाँकी छ’ डीएसपी श्रेष्ठले भने, ‘घटनामा नाबालक जोडिए पनि मुख्य योजनाकार पत्ता लागेको छैन ।’

मनकलाको हत्यामा नावालक जोडिए पनि उनीहरु मुख्य योजनाकार भएको प्रहरी विश्वस्त छैन् । मनकलाका पाइती पक्ष, मानवअधिकारकर्मी तथा महिला अगुवाहरुले भने नावालकका आमाबुवा नै हत्याको मुख्य योजनाकार भएको दाबी गर्दै आएका छन् ।

मनकला हत्या प्रकरण : जेठाजु र जेठानी पक्राउ

दैलेखमा ४ महिने सुत्केरीमाथि तातोपानी खन्याउने श्रीमान

मनकला हत्या प्रकरण : जेठाजु र जेठानी पक्राउ

दैलेखको नौमुलेले राहतका लागि किनेको चामल खाल्डोमा

Leave a comment

Your email address will not be published. Required fields are marked *